नियम १६
खाद्यस्तर निर्धारण समितिको गठन
(१) ऐन तथा यस नियमावलीमा
तोकिएबमोजिमको काम गर्नको लागि देहाय बमोजिमको एउटा खाद्यस्तर निर्धारण
समिति गठन गरिएकोछः–
(क) सचिव, कृषि तथा सहकारी मन्त्रालय – अध्यक्ष
(ख) प्रतिनिधि, कानून तथा न्याय मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि, उद्योग मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, वाणिज्य मन्त्रालय – सदस्य
(ङ) प्रतिनिधि, आपूर्ति मन्त्रालय – सदस्य
(च) प्रतिनिधि, गृह मन्त्रालय – सदस्य
(छ) प्रतिनिधि, स्वास्थ्य मन्त्रालय – सदस्य
(ज) प्रतिनिधि, काठमाडौं महानगरपालिका – सदस्य
(झ) उद्योग वाणिज्य महासंघद्वारा मनोनीत खाद्य उद्योग
व्यवसायी एकजना – सदस्य
(ञ) खाद्य उपभोक्ताहरु मध्येबाट आपूर्ति मन्त्रालयद्वारा
मनोनीत एकजना – सदस्य
(ट) प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग – सदस्य–सचिव
(२) मन्त्रालयस्तरको प्रतिनिधि सदस्य कम्तीमा उप–सचिव स्तरको हुनु पर्नेछ ।
(३) उपनियम (१) को खण्ड (झ) र (ञ) बमोजिम मनोनीत सदस्यहरुको पदावधि
दुई वर्षको हुनेछ ।
तर कुनै मनोनीत सदस्य बिना सूचना लगातार तीन पटकसम्म समितिको
बैठकमा अनुपस्थित रहेमा निजको स्थानमा अन्य व्यक्तिलाई मनोनीत गर्न सकिनेछ ।
(४) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी
उपनियम (१) बमोजिम सदस्यहरुमा हेरफेर वा थपघट गर्न सक्नेछ ।